उपसभामुख तुम्बाहाम्फेद्धारा उर्लाबारीका पत्रकारहरुसँग छलफल


 


उर्लाबारी, माघ २७

प्रतिनिधिसभाका उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले आज यहाँका पत्रकारहरुसँग छलफल गर्नुभएको छ । ग्रामिण क्षेत्रका पत्रकारहरुको समस्याका विषयमा उपसभामुख तुम्बाहाम्फेले जानकारी लिनु भएको हो ।

उपसभामुख तुम्बाहाम्फेले पत्रकारहरुको समस्या, बिज्ञापन, मिडिया हाउस संचालनका कठिनाई लगायतका विषयमा जानकारी लिनुभएको थियो । उहाँले सञ्चार सम्बन्धी विधेयक संसदीय समितिमा छलफल भईरहेको बताउनुहुँदै पत्रकारहरुको हितमै सो विधेयक आउनुपर्ने धारणा राख्नुभयो ।

छलफल कार्यक्रममा पत्रकार दुर्गाप्रसाद भट्टराई, दुर्गा खतिवडा, केदार चौहान, अर्जुन जम्नेली राई र घनश्याम भण्डारीले सरकारले समानुपातिक बिज्ञापन प्रणाली लागु गर्नुपर्ने बताउनुभयो ।

स्थानीय तहका मिडियामा बिज्ञापनको पहुँच पुग्न नसकेको बताउँदै पत्रकारहरुले मिडिया हाउसलाई बलियो बनाउन सकेमात्र पत्रकारहरुलाई न्युनतम पारिश्रमिक पाउन सहज हुने बताउनुभएको थियो । उर्लाबारीमा दुई वटा एफ.एम.रेडियो, दुई वटै दैनिक पत्रिका र तीन वटा साप्ताहिक पत्रिका रहेका छन् ।

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्