साउदी अरेबियाका महिलाद्वारा पहिलाे पटक मताधिकार प्रयोग


 


एजेन्सी, मंसिर २६

साउदी अरेबियाका महिलाले पहिलो पटक आफ्नो मताधिकार प्रयोग गरेका छन् । नगरपालिकास्तरको निर्वाचनमा त्यहाँका महिलाले पहिलो पटक सहभागिता जनाएका हुन् ।

करिब ६ हजार पुरुषले उम्मेद्धारी दिएको निर्वाचनमा ९ सय ७८ महिला समेत रहेका छन् । मतदानका लागि १ लाख ३० हजार महिलाको नाम दर्ता गरिएको त्यहाका निर्वाचन अधिकारीले बताएका छन ।

saudi womenमतपरिणाम आज अबेर सार्वजनिक हुने त्यँहाको निर्वाचन आयोगले बताएको वीवीसीले उल्लेख गरेको छ । निर्वाचनमा महिलाका लागि भनेर छुट्टै मत पेटिकाको व्यवस्था गरिएको छ ।

साउदी अरबमा महिला सहभागिता सुनिश्चित गर्ने श्रेय तत्कालिन राजा अब्दुल्लाहलाई दिने गरिएको छ । गत जनवरीमा निधन भएका अब्दुल्लाहले त्यसअघि ३० जना महिलालाई राज्यको महत्वपूर्ण निकायको सल्लाहकारमा नियुक्त गर्नुभएको थियो ।

साउदी अरेबियाको इतिहासमा प्रजातान्त्रिक अभ्यास र निर्वाचन निकै दुर्लभ मानिन्छ । यो पटक हुन लागेको निर्वाचन तेस्रो हो । विगत ४० बर्ष यता सन् १९६५ र २००५ मा दुई पटक मात्र निर्वाचन भएको छ ।

प्रकाशित मिति: २६ मंसिर २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्