अर्को टिपरको आतंक, घुम्तीमा साईकलयात्रीलाई मारेर भागे टिपर चालक !


 


विराटनगर माघ २७
विराटनगरको बरगाछी चौक नजिक आइतबार बिहान भएको सडक दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। बरगाछी चौक हुँदै जनआन्दोलन चौकतर्फ मोडिने क्रममा को १ ख ७०९२ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करिब ४५ वर्षका पुरुषको पहिचान भने खुलिनसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक निलमणि पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार उत्तरबाट साइकलमा दक्षिणतर्फ आउँदै गर्दा बरगाछी चोकमा टिपरको पछाडिको चक्काले पुरुषलाई ठक्कर दिँदा दुर्घटना भएको हो । प्रहरीले शवलाई पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा लगेको छ।

अहिलेसम्म कोही पनि आफन्त सम्पर्कमा नआएका कारण शवको पहिचान खुल्न गाह्रो भएको प्रहरीले जनाएको छ । टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्