भाेजपुरमा हवाई उडानकाे भाडा घट्याे, कति कायम भयाे भाडादर ?


 


भोजपुर, मंसिर २६

भाेजपुरमा हवाई उडानकाे भाडा घटेकाे छ । अघोषित नाकाबन्दीका कारण इन्धन आपूर्ति असहज हुँदा केही समयदेखी भोजपुरमा हवाई टिकटको मूल्यमा भारी बृद्धि भएको थियाे ।

नेपाल बायु सेवा निगमकाे जहाजकाे टिकटकाे मूल्य  चार हजार दुई सय ४५ रुपैयाँ  कायम भएकाे छ । नाकाबन्दी अगाडी याे मूल्य कायम भएकाे थियाे । नाकाबन्दी शुरू भएपछि भोजपुर–काठमाडौं टिकटको मूल्य पाँच हजार नौ सय ५० रुपैयाँ पुगेको थियाे।

भोजपुर–विराटनगरको टिकटको मूल्य एक हजार सात सय पाँच रूपैयाँ भाडादर कायम भएकाे छ । याे मूल्यदर नाकाबन्दी शुरू हुनुभन्दा अगाडी कै कायम भएकाे हाे । नाकाबन्दी पछाडी तीन हजार तीन सय ६० रुपैयाँ पुगेको थियाे ।

काठमाडौं–भोजपुरमा हप्तामा नीजि सहित छ र भोजपुर– विराटनगर दुई उडान हुँदै आएको छ । त्यस्तै तारा एयरको छ हजार आठ सय ४५ रुपैयाँ भाडादर कायम नै छ भने यस अघि पाँच हजार एक सय ४० रुपैयाँ थियो ।

प्रकाशित मिति: २६ मंसिर २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्