१ नम्बर प्रदेशमा शिक्षा क्षेत्र पहिलो प्राथमिकता : मुख्यमन्त्री राई


 


कानेपोखरी, माघ २५

१ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले कामको गति अघि बढाएको बताएका छन् ।

शुक्रवार मोरङको कानेपोखरी–६, स्थीत जनसेवा माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । देशमा नयाँ नेपाल निर्माणका लागी सक्षम र दक्षजनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षाको आबश्यक्ता पर्ने बताउँर्दै मन्त्रि राईले १ नम्बर प्रदेशमा गुणस्तरीय शिक्षाका लागि ऐन र नियम निर्माणको काम सुरु गरिएको बताएका छन् ।

ऐन, नियम आइसकेपछि योजनाबद्ध रुपमा शिक्षा क्षेत्रको विकासमा द्रुत गतिमा काम अघि बढाउने उनले बताए । १ नम्बर प्रदेशको विविधिता र मौलिकता जोगाउने शिक्षा नीति ल्याउन लागेको बताउँर्दै प्रदेश सरकारले प्रदेश भरी विद्यालय क्षेत्रलाई शान्ति क्षेत्र घोषना गर्ने नीतिका साथ अघि बढेको छ ।

फरक प्रसंगमा यस क्षेत्रको सुकुम्बसी समस्याको समाधान नगरी सरकारले सुख नै नपाउने बताएका छन् । ऐन,नियम बनाएर कुनै हालतमा पनि समस्यको समधान गरेरै छाड्ने बताएका छन् ।

प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्