अन्तिम समयमा उर्लाबारी किन नआउने भईन् राष्ट्रपति भण्डारी ?


 


उर्लाबारी,  माघ २५

दुई सामुदायिक बिद्यालयको स्वर्ण महोत्सव उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मोरङ आउने कार्यक्रम अन्तिम समयमा आएर रद्ध भएको छ ।

आज बिहानैदेखी भएको वर्षाका कारण मौसम बिग्रिएपछि उहाँ नआउने राष्ट्रपति निकट श्रोतले जनाएको छ । राष्ट्रपति भण्डारी उर्लाबारी ६ को राधिका माध्यमिक बिद्यालय र कानेपोखरी गाउँपालिकामा रहेको जनसेवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा सहभागिता जनाउने कार्यक्रम रहेको थियो ।

प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्