प्रमुख र उपप्रमुखबीचको झगडापछि गाउँपालिकाको गाडि प्रहरीमा


 


इलाम माघ २५
फाकफोकथुम गाउँपालिकाका प्रमुख राम श्रेष्ठ बुधबार इलाम सदरमुकाम जाँदा आमचोक–इलामको सार्वजनिक सवारीमा यात्रा गरे । जिल्ला समन्वय समितिको कार्यालयमा बिहीबार भएको एक कार्यक्रममा गाउँपालिकाकै तर्पmबाट प्रतिनिधित्व गरेका उनी र फाकफोकथुमकै प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुबेदी पनि सार्वजनिक सवारीमै भाडा तिरेर सदरमुकाम पुगे ।

यो कार्यक्रममा उनीहरुलाई आयोजकले नै यातायात खर्च उपलब्ध गराउने भएपनि त्यही कारणले उनीहरु सार्वजनिक सवारी चढेका भने होइनन् । गाउँपालिका कार्यालयमा भएको नयाँ गाडि प्रयोगमा प्रमुख र उपप्रमुखबीच रडाको मच्चिएपछि कार्यालयकै काममा पनि प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसमेत सार्वजनिक सवारी प्रयोग गर्न थालेका हुन् ।

गएको मङ्सिरमा मात्रै विकास बजेटलाई नै कटौति गरिकन ४० लाख रुपैयाँ खर्चेर गाउँपालिकामा चारचक्के महिन्द्रा कम्पनीको बोलेरो गाडि खरिद गरिएको छ । त्यही गाडि प्रयोगको निहुँमा प्रमुख श्रेष्ठ र उपप्रमुख सरस्वती राईबीच पटकपटक झगडा पनि भइसकेको छ । पछिल्लोपटक माघ १८ गते पनि उनीहरुबीचमा गाडि कसले प्रयोग गर्ने भन्ने बारेमा झगडा भएपछि त्यसले गाडि नै प्रहरी चौकीमा थन्क्याएर प्रमुखहरु नै सार्वजनिक सवारीमा चढ्ने अवस्था आएको हो ।

१८ गते आपूm विराटनगरमा हुने कार्यक्रममा गाउँपालिकाबाट प्रतिनिधित्व गरेर जान उपप्रमुखले प्रमुखसँग गाडि माग्दा प्रमुखले नदिएपछि झगडाले उग्र रुप लिएको पाइएको छ । उपप्रमुख राईका अनुसार गाडि माग्दा प्रमुख श्रेष्ठले आपूm वडा नम्बर ७ को एकतप्पामा शुरु हुने फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा जानुपर्ने, त्योभन्दा अघि घरमा तिथिको काम सक्नुपर्ने भनेर गाडि खाली नहुने बताएका थिए । उपप्रमुख राईले सन्दकपुरसँग भनिन्, “प्रमुखज्यू ब्यस्त भएकाले राँकेसम्म मात्रै भएपनि गाडि लान्छु भन्दा वहाँले ‘मेरो गाडि दिन्न’ भनेर वहाँकै निजी गाडि भएजस्तो गर्नुभो । अधिनायक शैलीमा शासकीय रुपले गाडि चलाएपछि मैले पनि गाडि थन्क्याइदिउँ भनेकी हुँ ।’
माघ २० गते प्रमुख र उपप्रमुखबीच भएको अर्को भनाभनपछि गाउँपालिकाको उक्त गाडि आमचोक प्रहरी चौकीमा राखिएको छ । गाउँपालिकाबाट सवारीसाधन प्रयोगसम्बन्धी कार्यविधी नबनेसम्म गाडि सुरक्षित रुपमा राख्ने भन्ने सहमतिपछि गाडि चौकीमा राखिएको प्रमुख प्रशासकीय अधिकृत सुबेदीले सन्दकपुरलाई बताए । उनले भने, ‘गाउँपालिकाको विधेयक समितिले कार्यविधी तयार गरेर अर्को बैठकमा पेश गर्ने र उक्त विधेयक पारित गरेर लागू नभएसम्म गाडि थन्क्याउने सहमति भएको हो ।’ सुबेदीका अनुसार सो अवधिसम्म जो जहाँ जाँदा लागेको गाडि रिजर्भ या भाडा जस्ता यातायात खर्चको बील कार्यालयले नब्यहोर्ने भनेर प्रमुख श्रेष्ठ र उपप्रमुख राईबीच ‘भद्र’ सहमति भएको छ । उनले भने, ‘यो लिखित होइन मौखिक सहमति हो ।’
त्यस्तो सहमतिपछि मे१झ १७१ नम्बरको उक्त बोलेरो (तस्विरमा हेर्नुहोस्) गाडि र यसअघि उपप्रमुखका लागि भनेर गाउँपालिकाबाट खरिद गरिएको मे१ब ६७७ नम्बरको १५० सीसीको एफजेड मोटरसाइकल (तस्विरमा हेर्नुहोस्) प्रहरी चौकीमा राखिएको हो । सो मोटरसाइकल एक वर्षअघि उप्रमुखकै प्रयोजनको लागि भनेर एक लाख ६० हजारमा गाउँपालिकाले खरिद गरेको हो । उपप्रमुख राई यताउता आवतजावत गर्दा त्यही मोटरसाइकल प्रयोग गर्थिन् ।

‘मैले पनि मोटरसाइकलको चावी दिन्छु, गाडि पनि राख्नुपर्छ भनेर भनेँ’, उपप्रमुख राईले भनिन्, ‘वहाँले हुन्छ भन्नुभयो, त्यही भएर दुवै सवारीसाधन कार्यविधी नहुञ्जेललाई राखेका छौँ ।’ उनले पटकपटक गाडि प्रयोग गर्न नपाएकाले आपूmलाई असह्य भएपछि मात्र यो निर्णय गर्न बाध्य हुनुपरेको पनि बताइन् । यी दुई सवारी राखिए पनि यसअघि भएका वडा कार्यालयहरुमा चलिरहेका र अन्य कर्मचारीले चलाएका मोटरसाइकल भने यथावत चलाइएका छन् ।

यता अध्यक्ष श्रेष्ठले चाहिँ आपूmले गाडि दिन्न नै नभनेको र खाली भएका बेला गाडि उपप्रमुखले पनि प्रयोग गरिरहेको बताएका छन् । ‘मैंले गाडी दिन्न भनेर भनेकै छैन्, मेरो एक÷दुई दिन समय खाली छैन् मात्र भनेको हुँ,’ अध्यक्ष श्रेष्ठले भने ‘खाली भएका बेला गाडी दिएकै छु ।’ ‘गाडिमा चढ्न नै पाइनँ भनेपछि कार्यविधी बनुञ्जेल थन्क्योस् न त भनेर राखिएको’ उनको भनाई थियो ।
गाडि चढ्ने निहुँमा प्रमुख र उपप्रमुखको रडाकोले एउटा भएको गाडि पनि थन्किएको जानकारी पाएका गाउँपालिकाबासी भने छक्क परेका छन् । आमचोकका केदार पौडेलले आप्mनो फेसबुक स्ट्याटसमा लेखेका छन्– मान्य अध्यक्ष र उपाध्यक्ष ज्यूले ठूलै स्वरले सल्लाह गरेर पहिलो चरणमा आपूmहरुले प्रयोग गर्ने सवारीसाधन परित्याग गरि प्रहरी कार्यालयमार्पmत फाकफोकथुमबासी जनतालाई बुझाउनु भएको सुन्नमा आयो । वास्तविकता के हो ? थाहा पाम न । यस्तो उदाहरणीय कार्यको मूल्याङ्कन हुनु प¥यो । अरुले नसिकोस् ।’
फाकफोकथुम गाउँपालिकामा नयाँ गाडि खरिद नगरुञ्जेल एक लाख १० हजार रुपैयाँ तिरेर गतवर्ष एउटा गाडि भाडामा चलाइएको थियो । प्रमुख उपप्रमुख हिँड्न आवश्यक परेर र देशभरि नै स्थानीय तहमा नयाँ गाडि खरिद गर्ने माहौलपछि गत मङ्सिरमा यहाँ गाडि खरिद गरिएको हो ।

प्रकाशित मिति: २५ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्