पर्यटनकाे हिसाबले प्रदेश एक श्वर्ग छ ! प्रदेस बिकासमा सरकार कटिबद्ध – मुख्यमन्त्री राइ
तेजबहादुर बन माघ २४ इटहरी । प्रदेश बिकासकालागि नयाँ याेजना बनाउदै सरकार अघि बढीरहेकाे एक नं प्रदेशका मुख्य मन्त्री शेरधन राइले बताएका छन । सुनसरीकाे इटहरीमा बिहीबार देखि सुरू भएकाे नाै दिने फुड फेस्टिबलकाे समुदघाटन गर्दै मुख्यमन्त्री राइले यस्ताे बताएका हुन ।
एक नं प्रदेश बिकासकालागि स्थानीय देखि लिएर केन्द्रीय सरकार समेत कटिबद्ध रहेकाे बेला अाफुहरू अहिले याेजना बनाउदै बिकासका कार्यहरू छनाैट गरेर अघि बढिरहेकाे पनि बताए ।
उनले इटहरीमा जारी फुड फेस्टिवल जस्ताे महाेत्सवले पर्यटक प्रवर्दनमा थप टेवा पुग्ने पनि अाैल्याए । पर्यटनकाे हिसाबले एक नं प्रदेश स्वर्ग रहेकाे उल्लेख गर्दै मुख्य मन्त्री राइले ब्यवसायिहरूलार्इ पर्यटनकाे क्षेत्रमा बाहिय लगानि भित्र्याउन जाेड पुर्याउनुपर्ने बताए । कार्यक्रमकाे प्रमुख अतिथि समेत रहेका मुख्य मन्त्री राइले प्रदेश सरकारकाे कार्यकाल एक बर्ष पुगेकाे र याे अवधिमा सरकारले केहि गरेन भन्ने टिकाटिप्पणीहरू अाइरहेकाेले यहि फागुण २ गते प्रदेस सरकारले गरेकाे कामहरू सबै सार्वजनिक गरिने समेत बताए ।
उनले इटहरीस्थित जनता माध्यमिक बिद्यालय प्राङगणमा लागेकाे महाेत्सवकाे अवलाेकन समेत गरेका थिए । कार्यक्रममा प्रदेश सांसद लिलम बस्नेत , सर्वध्वज सावा , इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चाैधरी , लगायत अन्यले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम हाेटल ब्यवसायि संघ इटहरीका अध्यक्ष जिवन पराजुलीकाे सभापति रहेका थिए ।
यसै बिच इटहरीमा बिहीबार देखि नै ९ दिने फुड फेस्टिबल सुरू भएकाे छ । झाकि नृत्य र काेशि टप्पु बन्यजन्तु अारक्षबाट ल्याइउकाे २ हात्तिकाे र्यालिसहित महाेत्सवकाे सुरूवात गरिएकाे हाे । महाेत्सवमा दैनिक राष्ट्रिय कलाकारहरू संगै स्थानीय कलाकारहरूकाे पनि बेजाेड प्रस्तुति रहने बताइएकाे छ ।
श्वदेसी खानाहरूलाइ बिशेष प्राथमिकतामा राखेर फुड फेस्टिवलकाे अायाेजना गरिएकाे हाेटल ब्यवसायि संघले जानकारी दिएकाे छ । उक्त महाेत्सवभित्र रमाइलाे खेलकुद संगै ६० भन्दा बढी स्टलहरू रहेका छन ।
प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार