समाज रुपान्तरणमा जेसिसको महत्त्वपूर्ण भुमिका- मन्त्री बराल
रबिन्द्र यादव/ नवलपरासी पश्चिम २४ माघ महिला समुदायले एउटा महिला जेसिसको माध्यमबाट महिलाहरू भित्रको रहेको क्षमता, प्रतिभा, अनुशासनलाई अभिबृद्धि गर्ने प्रायस गरेको प्रदेश नं.-५ का सामाजिक विकास मन्त्री सुरेन्द्र बरालले एक कार्यक्रममा बताउनु भएका छन । बुधबार नवलपरासी पश्चिमको रामग्राम महिला जेसिस परासीको सातौ पदहस्तान्तरण समारोहको प्रमुख अतिथि बरालले उद्धघाटन गर्दै शुभकामना मनतव्य राख्दै वहाले समाजलाई नयाँ दिशा तर्फ लैजान महिला जेसिसको सक्रिय सहभािता र भुमिका रहेको बताए ।
महिलाहरूले समाज परिवार र राष्ट्रका लागि योगदान गर्ने र अाफ्नो लागि ब्यक्तिगत जिवनलाई अगाडी बढाउनका लागि नयाँ सृजनात्मक कार्यहरुको अभियान अगाडि बढाएकोमा खुशी ब्यक्त गरे । महिला जेसिसको माध्यमबाट विभिन्न प्रकारको समाज सेवा कार्य गर्नेमा अझै जेसिस लाग्नु बताए । नवलपरासी पश्चिममा युवाहरु लागू अौषध दुर्वेशनी कुलतमा फस्दै गएकोमा चिन्ता व्यक्त गरे त्यसैले पदभार ग्रहण टिम माथि थप जिम्मेवारी थपेको वहाले बताए ।
समग्र महिलाहरु जेसिस सदस्यहरूको क्षमता ब्यक्तिगत क्षमता अभिबृद्धि समेत निर्णायक योगदान गर्ने अपेक्षा रहेको मन्त्री बरालले बताएका थिए । नवलपरासी संग सम्बन्धित रहेको शिक्षा स्वास्थ्य र अन्य सबै विषय प्रति प्रदेश सरकार र सामाजिक विकास मन्त्रालय साकारात्मक रहेको समेत बताएका थिए ।
बरालका अनुसार फागुन ३ गते प्रदेशको स्थापना दिवसको अवसरमा नवलपरासी पश्चिमको सुस्तामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिने भएको जानकारी दिए । रामग्राम महिला जेसिस २०१९ का लागि बिमला सिंहको नेतृत्वमा १३ सदस्य कार्य समिति लाई पदहस्तान्तरण गरिएको थियोे । यसैगरि २०१८ कि अध्यक्ष माया अग्रहरीले आफ्नो एक बर्षको कार्यकालमा संयुक्त होली मिलन कार्यक्रम, लोम अफिसर्स तालिम , लोम लिडरस ऐकाडमिमा सहभागिता १०८ औ अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम रामग्राम महिला जेसिसको आयोजनामा दिप प्रज्जलन कार्यक्रम स्वागत ऐवम् शाखा भेटघाट कार्यक्रम ऐरिया डि मा सहभाहिता काउन्सिलर ऐकाडमि मा सहभागिता, २५६२ औ वुद्ध जयन्तीको अबसरमा नगर रैली कार्यक्रम जिल्ला प्रमुखको विदाई कार्यक्रम, वैदेशिक रोजगार सम्बन्धि १ दिने सचेतनामूलक कार्यक्रम,
लागुऔषध दुव्यसनी न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम, रक्तदान कार्यक्रम तिज मिलन तथा शुभकामना अदान प्रदान कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर कार्यक्रम राष्ट्रिय अध्यक्षको स्वागत, तथा सम्मान कार्यक्रम रहेको रामग्रम महिला जेसिसले अाफ्नो बिमोचन गरेको किताबमा उल्लेख गरेको छ ।
रामग्राम महिला जेसिसले माया अग्रहरीको नेतृत्वमा रहेको टिमले अहिलेसम्म कै सर्वोकृष्ट समाज परिवर्तनको लागि क्रियाकलाप र अभियान चलाएको सरोकारवालाहरुले बताउछन् । उक्त कार्यक्रम बर्ष २०१८ कि अध्यक्ष माया अग्रहरीको अध्यक्षतता रहेको थियोे भने प्रमुख अतिथि प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुरेन्द्र बराल रहेका थिए , त्यसैगरी विशिष्ट अतिथि नवलपरासी पश्चिमका प्रदेश सभा सदस्य बैजनाथ जैसवाल, रामग्राम नगरपालिका उप मेयर रंम्भा कुवर, पाल्हिनन्दन गाउपालिका अध्यक्ष दिपक गुप्ता, समाजसेवी एवं युवा नेता नगेन्द्र अग्रहरी, नागरिक समाजका शम्भु प्रसाद उपाध्याय लगायतको उपस्थिति थियोे ।
प्रकाशित मिति: २४ माघ २०७५, बिहिबार