पूर्व राजा ज्ञानेन्द्र दमककाे मिनि दरबारमा , राप्रपाका कार्यकर्तालाइ हेर्दै नहेरी हिडेपछि …
दमक माघ २३
पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको मिनी दरवार आइपुगेका छन । पूर्वराजा ज्ञानेन्द्र रानी कोमललाई लिएर बुधबार दिउसो दमक ९ स्थित हिमाल महालक्ष्मी चिया वगानमा रहेको मिनी दरवार आइपुगेका हुन ।
रानी कोमलका साथ आउनु भएका ज्ञानेन्द्रले चिया वगान गेट अगाडी फुलको गुच्छा लिएर स्वागतका लागि बसेका राप्रपाका नेता ,कार्यकर्ता र सर्वसाधारणलाई हात हलाउदै मिनी दरवार प्रवेश गरेका थीए । साह आफै गाडी हाकेर सो स्थान आइपुगेका ज्ञानेन्द्र श्रीमती कोमल विरामी रहेका कारण कसैसंग भेट नगरी सरासर दरवार छिरेकोे राप्रपा पार्टी प्रदेश नम्वर १का अध्यक्ष राम थापाले जानकारी दिनु भयो ।
विरगञ्जबाट सिधा पूर्व आएका पूर्व राजा साहले इटहरी लगायतका बिभिन्न ठाउँहरुमा रहेका शुभचिन्तकहरुसंग पनि नभेटेको जनाइएको छ । दमकको चिया वगान गेटमा फुलगुच्छा लिएर स्वागत गर्न बसेका राप्रपा पार्टीका कार्यकर्ता र सर्वसाधारणलाई भेट नदिएको प्रति आक्रोस पोखेका थिए
प्रकाशित मिति: २३ माघ २०७५, बुधबार