उप–प्रधानमन्त्रीले भने, ‘बच्चा नजन्माउने महिलाका कारण देशमा समस्या’


 


काठमाडौं माघ २३
जापानका उपप्रधानमन्त्री तारो आसो महिलासम्बन्धि एक बयानका कारण विवादमा तानिएका छन् । उनले देशमा बढ्दो ज्येष्ठ नागरिक र घट्दो जन्मदरका लागि महिलालाई जिम्मेवार बताएका छन् ।

उनले भने, ‘देशमा ज्येष्ठ नागरिकका कारण समस्या निम्तिएको होइन, समस्याका कारण त ती महिला हुन्, जसले बच्चा जन्माएका छैनन् । उनीहरुकै कारण जापानको जन्मदर निकै कम भइरहेको छ ।’

आसोका अनुसार जापानमा ज्येष्ठ नागरिकहरुको जनसंख्या निकै धेरै छ, यो स्थिती त्यतिबेला थप गम्भीर हुन्छ जब बच्चाको संख्या कम हुन्छ । आसो जापानका अर्थमन्त्री पनि हुन् ।

विपक्षको विरोधपछि आसोले मागे माफीः

आसोको यो विवादित बयानको विपक्षीले अत्यधिक विरोध गरे । उपप्रधानमन्त्रीको यो बयान महिलाप्रति असंवेदनशील भएको भन्दै विपक्षले घोर विरोध गर्यो । उनीहरुका अनुसार देशमा यस्ता थुप्रै जोडी छन् जो बच्चा चाहन्छन् तर विभिन्न कारणवश असमर्थ छन् ।

विपक्षीले आसोलाई सधैं रुढिवादी नेता मान्छन् जुन महिलाविरुद्ध बयानबाजी गरिरहन्छन् ।

विपक्षको विरोधपछि आसोले माफी माग्दै आफ्नो बयान फिर्ता लिएका छन् । ७८ वर्षका तारो आसोले उनको बयानलाई मिडियाले तोडमोड गरेर पेश गरेको बताए । उनले भने, ‘म त देशमा घट्दो जन्मदर र जापानको स्वास्थ्य अर्थव्यवस्थालाई सरल तरिकाले बताउने कोसिस गरिरहेको थिएँ ।’

आसोले केही आँकडाबारे जानकारी दिँदै सन् २०१८ मा जापानको जनसंख्यामा ४.४८ लाखको कमी दर्ता भएको बताए । साथै, बच्चाको जन्मदर पनि ९.२१ लाख रह्यो जुन पछिल्लो एक शताब्दीमा सबैभन्दा कम हो । आसोले ज्येष्ठ नागरिकको बढ्दो स्वास्थ्य लागत र युवा जोडीमाथि बढ्दो ‘वर्कलोड’को समस्या भविष्यमा वैश्विक स्तरमा सबैभन्दा ठूलो खतरा हुने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: २३ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्