पाँचथरमा मेची कन्ट्रक्सनले स्थानीयको मन जित्दै डिप बोरिङबाट पाँच ठाउमा पानी निस्कियो भिडियो सहित
सरोज चौलागाई रानीगाउ पाँचथर माघ २२
लामाे समय देखि पानीकाे हाहाकार मच्चिन थालेपछि पाँचथरको कुम्मायक गाउँपालिकामा डि टि एच डिप डिपबोरिङ प्रणालीबाट खानेपानी निकाल्ने अथक प्रयास अन्तत सफल भएकाे छ । पाँचथरकाे कुम्मायक गाउँपालिकामा मेची कन्ट्रक्सनले लामाे समय देखि गरेकाे सभ्यता अध्यन पश्चात डि टि एच डिप डिपबोरिङ प्रणालीबाट खानेपानी निकाल्ने कामकाे सुरूवाती प्रयास गरेकाे थियाे । साे प्रयासले सफलता पाएसंगै अहिले गाउमा यहि प्रविधिबाट पानी निकाल्न थालीएकाे छ ।
हाल पाचँथरकाे बिभिन्न गाउँहरूमा २ सय ४०देखि २५० मीटर गहिराइसम्म जमिन खन्दा डिप बोरिङ मार्फत पानी निकाल्न थालीएकाे छ याे पदतिबाट एक सेकेनण्डमा ३ देखि ४ लिटर सम्म पानी निस्कने गरेकाे टोलीमा संलग्न खेम निराैलाले बताए । यसरी डिप बोरिङबाट गाउँमै पानी निस्किएको देख्दा गाउँबासी भने खुशी भएका छन् । वर्षौँदेखि खानेपानीको चरम अभाव भोगिरहेका उनीहरुलाई बोरिङको पानीले केही राहत मिल्ने देखिएकाे छ ।
बिगतकाे दिनमा त्यहाका स्थानीयहरू खाेलाकाे पानीमै भर पर्दै अाएका थिए तर अहिले साे प्रविधि भित्रिएलगत्तै कुम्मायकको यासोक, रानीगाउँ, स्याब्रुम्बा लगायत गाउँका नागरिकलाई खानेपानीमा राहत पुग्ने गाउँपालिकाको अनुमान छ ।अहिले साे प्रविधिबाट गाउमा खुशियाली छाएकाे मेची कन्सट्रक्सन प्रा.लि. अध्यक्ष्य मनोरथ चौलागाईले बताए ।
हाल सम्म पानीकाे हाहाकार मच्चिएका पाचँथरकाे कुम्याक गाउ पालीकाकाे वाड नं ४को उतिसे यासोक वाड न १ को काफ्लेपानी यासोक वाड न ३ को देवल वाड न ५ को स्याब्रुम्बा दुम्से र अर्को वाड न ५ कै बिज्जुवापानीमा समेत याे प्रविधिबाट पानी निकाल्न थालीएकाे मेचि कन्ट्रक्सन प्रालीका सह अध्यक्ष अजय देवले बताए । समुन्द्र सतह देखी १७०० उचाइ मा रहेको यो अति सुख्खा ग्रस्थ पाहाडी स्थान हरुमा मेची कन्ट्रक्सन कम्पनी ले २५० मिटर गहिराइ सम्म गएर उक्त प्रविधि जडान गरी पानी निकाल्ने गरेकाे कन्ट्रक्सनका ब्यवस्थापक नेत्र चाैलागाइले बताए ।
प्रकाशित मिति: २२ माघ २०७५, मंगलबार