मुकुन्दे र उर्लाबारीका मेयरबीच के कुराकानी भयो ?


 


उर्लाबारी, माघ २२

मंगलबार दिउँसोको समय । मोरङको उर्लाबारी नगरपालिका – ७ स्थित उर्लाबारी पार्टी प्यालेसमा तामाङ समुदायको सोनाम ल्होछारको शूभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियो ।

तार्किक बहस गरेर चर्चामा आएका मुकुन्द घिमिरे (मुकुन्दे) एक्कासी कार्यक्रमको दर्शक दिर्घामा देखिए । कार्यक्रम चलिरहेको थियो । नेपाल तामाङ घेदुङ नगर समिति उर्लाबारीले आयोजना गरेको सो कार्यक्रमका उद्घोष राजकुमार योञ्जनले सबै पत्रकारहरुलाई मञ्च अगाडीको कुर्सीमा बसिदिन आह्वान गरे ।

पत्रकार किशोर श्रेष्ठसँगै रहेका मुकुन्देलाई पत्रकार श्रेष्ठले जाउँ दाई भन्दै अगाडी जान अनुरोध गरे । मुकुन्दे पनि पत्रकारसँगै पत्रकारको स्थानमा बसे । एकछिनमा उद्घोषले भने – मुकुन्द ल्याण्डका अभियान्ता श्री मुकुन्द घिमिरे ज्युलाई म अतिथीको आशण गरिदिनु हुन आग्रह गर्दछु ।

एकछिन त मुकुन्देले मञ्चमा जान आनाकानी गरिरहेका थिए । तर पत्रकार श्रेष्ठको आग्रहमा मुकुन्दे मञ्चमा गए । मञ्चमा जाने बित्तिकै उनको भेट भयो उर्लाबारीका मेयर खड्गबहादुर फागोसँग । मुकुन्देले मेयर फागोलाई नमस्कार गरे । मेयर फागोले पनि नमस्कार फर्काए र आफुसँगै एकछिन बस्न मेयर फागोले संकेत गरे । त्यसपछी करिब १० मिनेटसम्म मेयर फागो र मुकुन्देबीच निकै राम्रो भलाकुसारी भयो ।

मेयर फागोसँगको कुराकानीपछि केही समयमा मुकुन्दे अतिथी बस्ने पछिल्लो कुर्सीमा आशन गर्न गए । मुकुन्देले करिब एक घण्टा सो कार्यक्रममा बिताएका थिए ।

प्रकाशित मिति: २२ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्