‘भ्यालेन्टाइन्स डे’मा यी युवकद्वारा सबै ‘सिंगल’लाई चिया खुवाउने घोषणा


 


काठमाडौं माघ २२
भ्यालेन्टाइन्स डे सबैका लागि प्रिय नहुन सक्छ, विशेषगरी सिंगलका लागि । तर भारतका अहमदाबादका सिंगलका लागि भने यो दिन विशेष हुने भएको छ ।

एमबीए चायवाला नामको चिसा पसलका संस्थापक प्रफुल बिलोरले भ्यालेन्टाइन्स डेको दिन सबै सिंगललाई निःशुल्क चिया खुवाउने घोषणा गरेका छन् ।

उनीहरुले फेसबुकमा एउटा पेज पनि बनाएका छन् जसको नाम राखिएको छ, Free Chai For Singles’

उक्त फेसबुक पेजमा लेखिएको छ –

‘यो भ्यालेन्टाइन्स डेमा, एमबीए चायले सबै सिंगलबारे सोचेको छ । निःशुल्क चिया, धेरै माया र प्रेरणा । आउनुहोस्, एमबीए ।’

यसबारे जानकारी दिँदै संस्थापक भन्छन्, ‘जोडीले मात्र सबै कुरामा मज्जा लिने भन्ने छ ? सिंगललाई पनि पुल्पुल्याउन आवश्यक छ । त्यसकारण यसवर्ष हामी सिंगलका लागि निःशुल्क चिया बाँड्दै छौं ।’

भ्यालेन्टाइन्स डेमा बिहान सात बजेदेखि बेलुकी १० बजेसम्म चिया बाँडिने उनले जानकारी दिए ।

प्रकाशित मिति: २२ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्