३३ किलो सुन तस्करीका अभियुक्त हरिशरण खड्का दुबईमा पक्राउ


 


काठमाडौं माघ २२
३३ किलो सुन तस्करीका अभियुक्त हरिशरण खड्का दुबईमा पक्राउ परेका छन् । इन्टरपोलको सहयोगमा खड्कालाई दुबई प्रहरीले पक्राउ गरेको हो ।

खड्काविरुद्ध ३३ किलो सुन तस्करी प्रहरणमा नेपाल प्रहरीले रेड कर्नर नोटिस जारी गरेको थियो। प्रहरीले अहिले खड्कालाई दुबईबाट नेपाल ल्याउने तयारी गरिरहेको छ ।

खड्का झण्डै १४ वर्षअघि कामदारमा रुपमा दुवई पसेका थिए । दुवईबाटै उनले सुन तस्करीको कारोबार सुरु गर्दै गिरोहकै नाइकेको रुपमा उदाएका थिए । नेपाल ल्याएपछि खड्काविरुद्ध थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्