गच्छदारको कडा प्रहार कांग्रेसमाथि जाई लाग्ने कम्युनिष्ट मुलुकबाटै पत्ता साफ
इनरुवा, २१ माघ
नेपाली कांग्रेसका उपसभापति बिजय कुमार गच्छदारले नेपाली कांग्रेसमाथि जाई लागेको वर्तमान ओली सरकार पत्ता साफ हुने बताउनु भएको छ ।
वर्तमान सरकार कांग्रेस सिध्याउन र कमजोर पार्न बल प्र्रयोगमा उत्रिन थालेको आरोप लगाउँदै नेता गच्छदारले विश्वबाट कम्युनिष्ट परास्त भएझैं नेपालबाट समेत कम्युनिष्टहरु पत्ता साफ भएर जाने धारणा व्यक्त गर्नु भएको हो ।
सुनसरी सदरमुकाम इनरुवामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै गच्छेदारले ओली सरकारलाई हावादारी सरकारको संज्ञा समेत दिनुभयो ।
मुलुकमा भएका निर्णायक आन्दोलनदेखि ऐतिहासिक कालखण्डको साक्षी रहेको नेपाली कांग्रेसलाई सिध्याउँछु भन्ने ओली सरकारको मनसाय दिवास्वप्न मात्र हुने गच्छेदारको भनाई थियो ।
बहुमतको दम्भमा अधिनायकवाद तर्फ लम्केको सरकार बेलैमा नसच्चिए कांग्रेसको अगुवाईमा हुने सशक्त आन्दोलनले कम्युनिष्ट सरकारलाई पत्ता साफ गराई छाड्ने गच्छदारले चेतावनी समेत दिनुभएको छ ।
बिरोध सभामा कांग्रेसका केन्द्रिय नेताहरु ज्ञानेन्द्र कार्की, मिनबहादुर विश्वकर्मा सहित प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला लगायतकाले सम्बोधन गर्नुभएको थियो ।
विरोध सभा पूर्व जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥यालीले नगरको परिक्रमा गर्दै सरकार विरोधी नाराबाजी गरेको थियो ।
प्रकाशित मिति: २१ माघ २०७५, सोमबार