प्रदेश १ को नाम सगरमाथा कोशी राखिए देशमा शसस्त्र युद्द हुन्छ


 


विराटनगर माघ २१
संघिय लिम्बुवान मंचका अध्यक्ष कुमार लिङ्देनले प्रदेश एक को नामकरण पहिचान बिरोधि सगरमाथा वा कोशी राखिए देशमा ठुलो शसस्त्र जनयुद्द हुने चेतावनी दिएका छन् l

आइतावार बिराटनगरमा एक नम्वर प्रदेशको प्रदेश कार्यालय अगाडी आयोजित धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देन भने ‘एक नम्वर प्रदेशको नामकरण राई र लिम्बुको घाटी काट्ने गरि कोशी सगरमाथा राखिए त्यस्ता सांसदलाई सदन बाट थुतेर सडक मा ल्याएर बन्चरोले टाउको फोर्छौ उनले भने अवको शिल्पी शिल्पी छैन हिजो हामीले दलित भनेर हेप्यौ अव त्यो दलित छैन,

हिजो लिम्बुवान र किरात खम्बुवान त्यसै गरि मधेशी बिचमा फुट ल्याउन षड्यन्त्र गरेका थियौ तर आज हामि एउटा ब्यानरमा आयौ अव तिमि के गर्छौं ? उनले प्रश्न गरे उत्पीडित समुदायहरुले तिम्रो षड्यन्त्र बुझी सकेका छन् तसर्थ अव तिम्रो जालझेल पूर्ण गेम बन्द गरे हुन्छ l

प्रदेश एक लाई लिम्बुवान किरात खम्बुवान नामकरण गराउन माग गर्दै आज आयोजित धर्नामा मधेश देखि पहाड सम्म का सवै जनता सहभागी भएको लिंग्देनको दावी छ l

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्