नेपाली दुई यूवा लिबियामा अलपत्र


 


२१ माघ उत्तरी अफ्रिकी देश लिबियामा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका दिरस थापा र अमन लोजा, पर्वतका रञ्जित केसी, ओमराज गुरुङ, सुरेश केसी सहित पाँचजना अलपत्र परेका छन् । आर्कषक जागिरको प्रलोभनमा दुवई हुदै लिबिया पुगेका म्याग्देली सहित नेपालीलाई मानसिक तथा शाररीक यातना दिएपछि परिवारले खोजीका लागी अपिल गरेका छन् ।

भिजिट भिसामा दुवै हुदै लिबिया पुगेका नेपालीले अलपत्र परेको खवर परिवारलाई पठाएपछि खोजीकार्य सुरु भएको हो । पोखराका जितकाजी गुरूङ मार्फत झापाका सन्तोष पराजुलीको एजेन्डलाई करिव ५० लाख बुझाएर लिबिया पुगको टोली त्रिपोलीबाट विभिन्न रुटमा जाने क्रममा अलपत्र परेका हुन् । त्रिपोलीस्थित मितिगा अन्तर्रा्ष्ट्रिय विमानस्थल हुदै म्याग्दी ठेगाना भएका दिराज लिबियाको मिम्रटको गाउँमा पुगेपछि अलपत्र परेको खवर परिवारलाई प्राप्त भएको पीडितका परिवारले बताएका छन् । विशाल भूमध्यसागरको वल्लो छेउमा लिबिया र पल्लो छेउमा इटाली पर्ने भएपनि इटालीको तटीय क्षेत्रको समुद्री चौडाइ झन्डै १ सय १६ किमि छ ।

यो दूरी पार गर्न तस्करहरूले आफैंले रबर र काठको बोट बनाउने गरेकाले कडा सुरक्षाका कारण समेत समस्या भएको हो । ‘भाई अलपत्र परेको खवर प्राप्त गरेको छु,‘इटाली जाने डुंगा बनाएर पनि दलालले पठाउन सकेनन’ जोमसोममा रहेकी मिनुले भनिन् ।जोखिमपूर्ण यात्राको तयारीमा रहेको अवस्थामा दलाल नै सम्पर्क विहिन भएको बताइएको छ । इटाली तर्फ जादै गरेको अवस्थामा लिबियाको सुरक्षाकर्मीले नियन्त्रणमा लिएर राखेपछि एक बंगालीले जिम्मा लिएपनि पैसा मागेको र नदिएपछि यातना दिएको पीडितको भनाई छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्