को हुन बेलायती सेनाको कर्णेलमा बढुवा भएका पाँचौं नेपाली देवेन्द्र आले ?


 


लण्डन, माघ २१

नेपालका देवेन्द्र आले बेलायती सेनाको लेफ्टिनेन्ट कर्णेलमा बढुवा हुनुभएको छ । स्याङजा स्थायी घर भएका आले गत बिहीबार कर्णेल पदमा बढुवा हुनुभएको हो ।

आले करिब ३० वर्षेदेखि बेलायती सेनामा कार्यरत हुनुहुन्छ । सो पदमा पुग्ने उहाँ पाँचौ नेपाली हुनुहुन्छ । आले भन्दा अगाडि लालबहादुर पुन, विजय रावत, यमबहादुर राना र टोलबहादुर खाम्चा बेलायती सेनाको लेफिट्नेन्ट कर्णेलसम्म हुनुभएको थियो ।

स्याङ्जा बहाकोट भञ्ज्याङका आलेका चार पुस्ता सैनिक सेवामै रहेका छन् । उहाँका पिता मोतिप्रसाद पनि ब्रिटिश गोरखा सैनिकमा क्याप्टेन हुनुभएको थियो । उहाँका हजुरबुबा भने प्रजातन्त्र सेनानी हुनुहुन्छ । सिंगापुरमा जन्मिएका आलेको अध्ययन हङकङ र नेपालमा भएको परिवारले जनाएका छन ।

हङकङको स्कुल पढनुभएका आलेले काठमाडौंको अमृत साइन्स क्याम्पसमा आइएसी उतिर्ण गर्नुभएको हो । यस्तै त्रिचन्द्र क्याम्पसमा बीएस्सी पढ्दापढ्दै उहाँ बेलायती सेनामा क्लर्क पदबाट भर्ना हुनुभएको थियो ।

आलेले करिब तीन वर्षपछि अवकाश पाउनु हुनेछ । उच्च पदमा पुग्न पाएकोमा आफूलाई गर्व लागेको आलेले बताउनु भएको छ ।

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्