चितवनको जमिनमा डोजर चलाएर धुर्मुस सुन्तली रंगशालाको रकम जुटाउन विदेशतिर


 


काठमाडौं माघ २१
चितवनको खाली जमिनमा डोजर चलाएलगतै सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) सहयोग रकम जुटाउनका लागि आज विदेश यात्रा तय गर्न लागेका छन् ।
आइतबार चितवनको खाली जमिनमा डोजर चलाएर गौतम बुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला निर्माणको सुभारम्भ गरेका धुर्मुस सन्तुलीले सहयोग रकम जुटाउन उनीहरुले विदेश यात्रा तय गरेका हुन् । ‘मलाई त रातिमा पनि निन्द्रा लाग्दैन, निन्द्रा लागिहाल्यो भनेपनि नेपाली शैलीको रंगशाला निर्माण भएको देख्छु’, धुर्मुसले भने ‘तीन अर्ब लागत लाग्ने प्रारम्भीक अनुमान गरेका छौ, तर दानी हातहरु अघि बढिसकेका छन् ।’

उनीहरुले अस्टेलिया, युरोप, अमेरिका, दुवई, कतारसम्मको यात्रा गर्ने भएका छन् । त्यहाँ उनीहरुले सहयोग रकम जुटाउन स्टेज कार्यक्रम गर्नेछन् भने नेपालीहरुसँग छलफल पनि गर्ने योजना बनाएका छन् । विदेशमा बस्ने नेपाली, नेपालभित्रबाट जुट्ने रकम र सरकारी निकायबाट तीन अर्बभन्दा बढि रकम जुट्नेमा उनीहरु आशाबादी छन् ।

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्