भाेजपुरका पत्रकारलाई के भने सञ्चारमन्त्री राईले ?


 


Sherdhan rai photoभोजपुर, मंसिर २१
सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू हुने बताएका छन् । गृह जिल्ला भोजपुर आएका मन्त्री राईलाई नेपाल पत्रकार महासंघ भोजपुर शाखाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै समितिले सिफारिस गरेको पारिश्रमिक कार्यान्वयनको प्रक्रियामा अगाडी बढाएकोले छिट्टै लागू हुने दाबी गरेका हुन् ।

श्रमजिवी पत्रकार ऐनलाई लागू गराउन आफू प्रतिबद्ध रहेको मन्त्री राईको भनाई थियो । पत्रकारहरुको उपचार र दुर्घटना बिमाको शुरुवात भएको छ, मन्त्री राईले भने स्पष्ट सञ्चार नीति बनाउने गृहकार्य समेत भएको छ । आफ्नो कार्यकाल प्रेसमैत्री हुने भन्दै मन्त्री राईले आमसञ्चार प्रतिष्ठान र सञ्चार संग्रालयको स्थापना गर्ने बताएका छन् ।

प्रकाशित मिति: २१ मंसिर २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्