संबृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि डा. भट्टराई खोटाङमा
खोटाङ माघ २०
‘अशल राजनितीका लागि जनसम्बाद’ गर्नेक्रममा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई खोटाङ आइपुग्नु भएको छ । पहाडमै संबृद्धिको सम्भाव्यता अध्ययन र पहिचानका लागि पुर्वप्रधानमन्त्री भट्टराई मध्यपहाडी लोकमार्ग पछ्याउँदै आईतबार खोटाङ आइपुग्नु भएको नयाँ शक्ती खोटाङका इन्चार्ज सुर्य राईले बताउनुभयो ।
मध्यपहाडी लोकमार्गको पुर्वी प्वइन्ट चिवाभञ्ज्याङबाट जनसम्बाद थालेका पुर्वप्रधानमन्त्री भट्टराई भोजपुर हुँदै खोटाङ प्रवेश गर्नुभएको हो ।
मध्यपहाडी लोकमार्गको कामको गति र गुणस्तरका बारेमा अवलोकन गर्दै चखेवाभञ्ज्याङबाट खोटाङ प्रवेश गर्नुभएका भट्टराईले सेखुवा, पेलुङ, वानाचुङ र सन्सारीडाँडाका स्थानीयसँग सम्वाद गर्नुभएको छ ।
दिक्तेल आउनेक्रममा अन्नपूर्ण माबि बुवालुङले पुर्वप्रधानमन्त्री भट्टराईलाई अभिनन्दन गरेको छ ।
प्रकाशित मिति: २० माघ २०७५, आइतबार