यूएईलाई नेपालले दियो १०५ रनको लक्ष्य
काठमाडौं माघ २० नेपाल र यूएईबीचको अन्तिम तथा निर्णायक खेलमा टी–२० मा नेपालले १०५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गर्न मैदानमा आएको नेपाली टोलीले १० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको छ ।
बर्षाका कारण प्रभावित भएको खेल १० ओभरमा झारिएको थियो । नेपालका प्रारम्भिक ब्याट्सम्यान क्रिजमा टिक्न नसकेपनि कप्तान पारस खड्काले भने बिस्फोटक पारी खेलका थिए । उनले १३ बलमा २९ रन बनाए । जसमा ४ चौका र एक छक्का सामेल छन् । सन्दीप जोराले पनि विस्फोटक पारी खेलका छन् । उनले १० बलको सामना गर्दै ३ छक्का प्रहार गर्दै २८ रन बनाए । विनोद भण्डारीले पनि १३ बलमा २१ रन प्रहार गरेका छन् ।
यूएईका बलर मोहमद नामिदले २ ओभरमा ५ रन दिएर २ विकेट लिएका छन् ।
प्रकाशित मिति: २० माघ २०७५, आइतबार