दलाई लामासँग गुप्त सम्पर्क राखेको आरोपमा ३ चिनीयाँ अधिकारी बर्खास्त


 


बेइजिङ, २० माघ : चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले तिब्बती आध्यात्मिक नेता दलाई लामासँग गुप्त सम्पर्क राखेको आरोपमा शनिबार ३ पदाधिकारीलाई बर्खास्त गरेको छ ।

त्यस्तै १० जना पदाधिकारीहरुलाई भने कडा चेतावनी दिइएको छ । तिब्बतको प्रान्तीय सरकारले एक भिडियो जारी गरेको छ, जसमा कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) का स्थानीय अधिकारीहरुले धार्मिक कार्यक्रममा हिस्सा लिएको खुलासा गरिएको छ । यसले गर्दा पार्टीको नास्तिकता पालना गर्ने विचारधाराको उल्लंघन भएको मानिएको छ ।

ग्लोबल टाइम्सको खबर अनुसार, उक्त भिडियोको २८ देखि ३१ जनवरीको बीच ४ एपिसोडमा तिब्बत च्यानलमा प्रसारित गरिएको थियो । (एजेन्सी)

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्