डोनाल्ड ट्रम्पले नेपाललाई भारतको भुभाग ठान्ने गरेको सार्वजनिक


 


काठमाडौँ, माघ २०

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल र भुटानलाई भारतको भुभाग ठान्ने गरेको सार्वजनिक भएको छ। गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीहरूसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भुभाग भनेको अमेरिकाको चर्चित म्यागेजिन ुटाइमु ले जनाएको छ।

गुप्तचर संस्थाहरूसँग बढ्दो दुरी र द्वन्द्वका बीच ट्रम्पलाई नेपाल र भुटानलाई स्वतन्त्र मुलुक रहेको सम्झाउनुपरेको उच्च अधिकारीहरूलाई उद्‍धृत गर्दै समाचारमा जनाइएको छ।

चर्चित अमेरिकी म्यागेजिन ुटाइमु ले गुप्तचर निकायसँगको ब्रिफिङका क्रममा टम्पलाई अधिकारीहरूले नेपाल र भुटान स्वतन्त्र मुलुक रहेको सम्झाएको उल्लेख गरेको छ।

दक्षिण एसियाबारेको ब्रिफिङका क्रममा ट्रम्पका सल्लाहकारले अफगानिस्तानदेखि बंगादेशसम्मको क्षेत्रको नक्सा देखाएका थिए।

उक्त ब्रिफिङमै उपस्थित रहेका तथा त्यसका बारेमा जानकार रहेका अधिकारीहरू तथा त्यहाँको संसद ९कंग्रेस० सदस्यलाई उद्‍धृत गर्दै टाइम लेख्छ( ुट्रम्पले नक्सातिर देखाए र भने कि नेपाल भारतकै भुभाग हो। त्यसपछि उनलाई अधिकारीहरूले नेपाल स्वतन्त्र मुलुक रहेको सम्झाए। जब अधिकारीहरूले भुटान त तपाईँलाई थाहा छ नि भन्दै देखाए, फेरि उनले भने कि भुटान पनि भारतकै भुभाग हो। त्यसपछि उनलाई ब्रिफिङ गरेकाहरूले भने, भुटान पनि स्वतन्त्र देश हो।

यसअघि पनि उनले नेपाललाई निप्पलु भनेको सार्वजनिक भइसकेको छ। सन् २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्दर मोदीसँग भेट्नु अघि भएको ब्रिफिङमा ट्रम्पले नेपाललाई निप्पलु र भुटानलाई बटनु उच्चारण गरेको पोलिटिको म्यागेजिनले सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्