भोजपुर पुगेर सञ्चार मन्त्री शेरधनले भने जिल्लाको ‘शिर उँचाे राख्छु’


 


Sherdhan-information ministerभोजपुर, मंसिर १८
सूचना तथा सञ्चार प्रविधि मन्त्री शेरधन राईले आफू मन्त्री पदमा रहदा जिल्लाको शिरलाई उचो राख्ने बताएका छन् । मन्त्री भएको एक महिना पछि गृह जिल्ला पुगेर मन्त्री राईले पदको दुरुपयोग नगर्ने उदघोष गरेका छन् ।

राई गत कार्तिक १९ गते सूचना तथा सञ्चार प्रविधि मन्त्री भएका थिए । शुक्रबार गृह जिल्ला भोजपुर आइ पुगे लगत्तै एमालेले आयोजना गरेको सार्वजनिक भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दे सरकारका प्रवक्ता समेत रहेका राईले अहिलेसम्म आफूले जिल्लाको शिर निहुराउने काम नगरेको र भोलिका दिनमा समेत त्यस्तो कार्य नगर्ने बताएका हुन् ।

राजनीतिमा मैले २५ बर्ष बढी जीवन समर्पण गरिसकेको छु, उनले भने यो समयसम्म जिल्लाको शिर निहुराउने काम गरेका छैन्, मन्त्रीको हैसियतमा बसेर भोजपुरको शिर निहुराउने काम गर्दिन् उनले भने । भोजपुर क्षेत्र नं २ का सभासद समेत रहेका मन्त्री राईले भने बरु उचो बनाउन र गौरब गर्ने हिसाबले काम गर्ने छु ।

निरन्तर भोजपुरको शानलाई, गौरबलाई माथि उठाउने प्रतिवद्धता ब्यक्त गर्दछु मन्त्री राईले भने ।

प्रकाशित मिति: १८ मंसिर २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्