पूर्वी कमाण्ड अन्तरगत मेची व्युराेमा यसरी चल्दैछ नेकपाकाे अभियान


 


झापा नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा सञ्चालित संगठन सुदृढीकरण तथा बिस्तार अभियानको १९ आै दिन पाँचथरको घुर्बिसे पञ्चमी बजारमा सामना साँस्कृतिक परिवारकाे बेजोड प्रस्तुति सहित बिशाल जनसभा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि पार्टीका पाेलिट ब्युरो सदस्य अाेम प्रकाश पुनले संबाेधन गरेका छन ।

संबाेधनका क्रममा पिबिएम पुनले वर्तमान राज्यको ज्यादतीका बिरुद्ध अाफ्नाे पार्टी र पार्टी निकट जनवर्गीय संगठनहरूले देश ब्यापी रुपमा राजनीतिक भण्डाफाेरकाे कार्यक्रम सञ्चालन गरेकोमा त्यसबाट अात्तिएर फाँसिवादी शैलीमा केपी अाेलिकाे दलाल सरकारले दमन गर्न खाेजेमा घाेर भर्त्सना गरे ।

नेता पुनले भने, अहिले हाम्रो बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले दलाल बहुराष्ट्रिय कम्पनी एनसेलले गरेको ७२ अर्ब करछलिका बिरुद्ध देशब्यापी अान्दोलन काे घाेषणा गरेकाे छ । जसबाट अात्तिएर जनताको ढाड सेक्ने गरि कर बढाउने केपि अाेलिकाे दलाल सरकारले संगठनका केन्द्रीय काेषाध्यक्ष नरेन्द्र बिकलाई कायरतापुर्वक गिरफ्तार गरेर झुठ्ठा मुद्दामा फसाउदै छ । हाम्रो पार्टी त्यसको घाेर भर्त्सना गर्दछ र तत्काल बिना सर्त रिहाइ गर्न माग गर्दछ ।

यदि राज्यले फाँसिवादी ढंगले दमनलाई अगाडि बढाउने हाे भने हाम्रो पार्टी पनि त्यसको शसक्त प्रतिरोध गर्न बाध्य हुनेछ र त्यसबाट उत्पन्न हुने परिस्थितिकाे जिम्मेवार स्वयं केपी अाेलिकाे दलाल सरकार हुनुपर्नेछ नेता पुनले भने यदि जनतालाई चर्काे करकाे भारी बाेकाउने तर ७२ अर्ब करछली गर्ने एनसेललाई कमिशनकाे खेलमा दलाल सरकारले बचाउने गरेमा त्यसलाई जनसत्ताले कार्वाही गर्ने छ ।

उनले थपे हामीले अहिले देशकाे समग्र अवस्थाकाे अध्ययन गरिरहेका छाै र जनताको अभिमत लिइरहेका छाै । केपि अाेलि सरकारको जनबिराेधी कार्यशैली प्रति काेहि पनि जनता सन्तुष्ट छैनन् । अझ पुर्वेली जनता झन दलाल पुजिवादकाे तिब्र शाेषणमा परेका रहेछन् र निराश रहेछन् । वास्तवमा हामीले ल्याउन खाेजेकाे समाजवाद सबैभन्दा बढी अाबश्यक पुर्वेली जनतालाई रहेछ । पहिले सामन्तहरुले थिचेकाे र अहिले दलाल पुजीवादीहरुले थिचोमिचो गरेकाे ठाउँ हाे याे ।उनले भने ।

नेता पुनले पश्चिमकाे तुलनामा पुर्वमा बिकास र समृद्धि छ भन्ने शासकहरुकाे प्रचार झुठो रहेछ र राजनीतिक रुपमा पनि जनतालाई दास बनाएकाे पनि बताए ।

हाम्रो पार्टीको अभियान प्रति पनि जनतामा ठुलो भ्रम पारिएको रहेछ जाे अहिले क्रमशः घट्दै गएको छ र जनताको उपस्थिति पनि उत्साहजनक हुदै गएको छ ।उनले भने विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी जनताको भाषामा विप्लव माअाेवादी हतियार सहित गाउँमा पसेको छ भन्ने गलत हल्ला रहेछ जसले जनता मात्रै हैन पुलिस प्रशासनमा समेत भ्रम रहेछ । दलाल र फटाहाहरुले चलाएका यस्ता वाहियात भ्रममा नपर्ने नेता पुनले जनता र सुरक्षाकर्मीलाई अाहुवान गरे । हामी हतियार उठाउनु परे पनि जनतालाई सार्वजनिक रुपमा भनेर नै उठाउने छाै । तर अहिले नै त्यो परिस्थिति अाएकाे छैन हामी शान्तिपूर्ण राजनीतिक अभियानमा छाै ।

नेकपा देशको समानान्तर शक्ति भएकोले राज्यले अनावश्यक निहुँ खाजे त्यसको बलियो जवाफ दिन सक्ने ताकत र त्याे प्रकारको संयन्त्र रहेेका दाबी गर्दै उनले भने हामी बिगतकाे जस्तो गाउँ केन्द्रित जनयुद्ध गर्दैनौं । गाउँ र शहरलाई एकैचाेटी क्रान्तिमा सामेल गर्ने एकीकृत जनक्रान्ति गर्दै छाै ।

यसमा सबै पार्टी भित्रका परिवर्तन प्रेमी, सेना र प्रहरी भित्रका देशभक्त र परिवर्तन प्रेमी, अादिवासी जनजाति र दलितहरू, शहरिया बुद्धिजीवी र ब्यापारीहरु, कर्मचारी र वकिल प्राध्यापकहरु, सबै श्रमिक र बाैद्धिकहरु सामेल सामेल हुनेछन् । हाम्रो लडाइँ मुलतः दलाल र भ्रष्टहरुका बिरुद्ध हाे । सामना परिवारका केन्द्रीय सह संयाेजक अाराेह नेपालीको सञ्चालन र पाँचथर जिल्ला पार्टी इन्चार्ज दर्शनको अध्यक्षतामा शुरु गरिएको कार्यक्रमलाई मेची ब्युराेका युवा नेता तारा थापा लगाएतले संबाेधन गरेका थिए । कार्यक्रममा सामना परिवारका कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय बुद्धिजीवी , ब्यापारी , जनता, सुरक्षाकर्मी र युवा बिद्यार्थीहरुकाे उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति: २० माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्