मनाङले अवसर चुकाउदा अार्मिले चुम्याे मदन भण्डारी गोल्डकपकाे उपाधी


 


तेजबहादुर बन
सुनसरी । पटक पटक पाएकाे अवसरलाइ सदुपयाेग गर्न नसक्दा इटहरीमा शनिबार सम्पन्न दाेश्राे मदन भण्डारी स्मृती अन्तराष्ट्रिय आमन्त्रण इटहरी गाेल्डकप फुटबल प्रतियाेगिताकाे उपाधि त्रिभुवन अार्मि क्लब काठमाठमाण्डाैले हात पारेकाे छ । उपाधिसंगै अार्मिले याे पटक १६ लाख नगद , ट्रफि मेडल र प्रमाणपत्र समेत प्राप्त गरेकाे छ भने उपबिजेता बनेकाे मनाङमस्याङदीले ८ लाख रुपैयाँ नगद ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ ।

खेल सुरू भएकाे पहिलाे हाफकाे ५ अाै मिनेटमा अार्मिका टंक वस्नेतले डिबक्स भित्रबाट गरेकाे प्रहारले जाली चुम्दै पहिलाे गाेल गरेर टिमलाइ अग्रस्थानमा ल्याएका थिए । गत बर्ष थ्रि स्टार संग नमिठाे पराजय भाेगेकाे अार्मिले यस बर्ष मैदानमा राम्राे खेल प्रदर्शन गरेकाे थियाे । मनाङले पहिलाे हाफकाे समय अवधिसम्म ४ पटक पाएकाे माैकालार्इ सदुपयाेग नगर्दा शुन्य र १ मा टुंगिएकाे थियाे ।

इटहरीस्थित क्षेत्रीय रंगसालामा भएकाे फाइनल खेलकाे दाेश्राे हाफ अन्तरगत इन्जुरी समयमा आर्मीका कप्तान जर्सी नम्वर २१ का भरत खवासले डुब्दिङ गर्दै एक्लैले खेलाडीलाइ छक्याएर डिबक्स एरीयाबाट गरेकाे प्रहार सिधै शुन्दर गाेलमा परिणत भएपछि अार्मिलाइ २ गाेलकाे अग्रता संगै बिजयी शुनिस्चित गरेकाे थियाे ।

खेलमा ७ वटा पहेलाे कार्डकाे बर्षात भएकाे थियाे भने मनागंका फर्वाड जर्सी नम्वर ९९ का हफिज ओलाओल रेडकार्ड पाउदै वाहिरीएका थिए ।

उपाधि विजेता टिमलाई राष्ट्यि खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले शिल्ड , मेडल तथा नगद पुरस्कार प्रदान गरेका थिए ।खेलमा नेपाली चलचित्र जगतका सुपरस्टार नायक भुवन केशीकाे पनि उपस्थिती रहेकाे थियाे । उनले इटहरी रंगसालामा खेल हेर्दै सर्वाेत्कृस्ट खेलाडी घाेषित भएका आर्मीका टंक वस्नेतलाइ रू १० हजार पुरस्कार समेत प्रदान गरेका थिए । उनले साे पुरस्कार ब्याक्तिगत तर्फबाट प्रदान गरेका थिए । त्यसैगरी खेलका वेष्ट टिफेन्र्स मनागंका सुरज विक , सर्वाधिक गोलकर्ता आर्मीका भरत खवास , उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु र उत्कृष्ट फर्वाड आर्मीका भरत खवास घोषित भए । यही माघ १२ गते देखि इटहरी रंगशालामा राष्ट्यि जागृति क्लव इटहरीको आयोजना तथा राष्ट्यि खेलकुद परिषदको संरक्षकत्वमा दोस्रो मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप प्रतियोगिता सञ्चालन हुदै आएको थियो ।

प्रकाशित मिति: १९ माघ २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्