मिक्लाजुङमा आजदेखी वडास्तरीय फुटबल सुरु


 


मिक्लाजुङ, माघ १८

मोरङको मिक्लाजुङ गाउँपालिकामा आजदेखी वडास्तरीय फुटवल प्रतियोगिता सुरु भएको छ । मिक्लाजुङ खेलकुद विकाश समितिको आयोजनामा मिक्लाजुङ ३ स्थित शहिद पार्क खेल मैदानमा आज भएको उद्घाटन खेलमा वडा नम्बर ७ विजयी भएको छ ।

वडा नम्बर ७ ले वडा नम्बर ८ लाई २ – ० गोल अन्तरले हराएको हो । वडा नम्बर ७ लाई विजयी गराउन सुरेन थापा र संजोग राइले एक/एक गोल गरेको खेल मैदानबाट युवा समाजसेवी गणेश भट्टराईले जानकारी दिनुभयो । प्रतियोगितामा भोली वडा नम्बर २ र ४ बीच प्रतिस्पर्धा हुनेभएको छ ।

आगामी माघ २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार तथा उपविजेताले नगद ३० हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । यसअघि प्रतियोगिताको मोरङ क्षेत्र नम्बर १ का प्रदेश सांसद् कुलप्रसाद लिम्बु (कुशल)ले उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्