नवलपरासीमा बस मोटरसाइकल दुर्घटना, दुर्घटना स्थलमा ठुलो मात्रामा लागू औषधि फेला


 


रबिन्द्र यादव  नवलपरासी पश्चिम
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुराको गण्डक नहरमा बस र मोटरसाईकल एक अापसमा ठोकिदा मोटरसाइकल चालक गम्भिर घाईते भएका छन । बिहिवार सावा चार बजे झुलनीपुर बाट त्रिबेणी जादै गरेको लु १ ख ३७६६ नम्बरको बसले बिपरित दिशा बाट आऊदै गरेको यु.पी.५६ बी ५६९५ भारतीय प्लेट नम्बरको मोटरसाईकल एक अापसमा ठोकिएको थियोे ।

बस र मोटरसाइकल एक अापसमा ठोकिदा मोटरसाईकल चालक प्रतापपुर गाऊपालिका वडा नं ६ हरपुर बस्ने २४ बर्षिय अवधेश यादव गम्भिर घाईते भएका छन। घाईते भएका यादवलाई उपचारको लागी सहिद स्मृति सामुदायिक अस्पताल चैपत्ता पठाईएको थियोे तर त्यहा उपचार हुन नसकेपछि यादवलाई थप उपचारको लागि भैरहवा मेडिकल कालेज पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विरेन्द्र थापाका अनुसार घाइते यादवको मोटरसाइकलमा झुन्डियाइको झोला भित्र आइजाकम ११३ एम्पुल, फेनारगन १३६ एम्पुल,कोकिन १४१, स्पासमो ५ फाइल ४० चक्की, नाइट्रोभेट ७ फाइल १०५ चक्की जस्ता लागू अौषध भेटिएको छ । लागू अौषध कहाँ बाट ल्याइयो,कहाँ लगिदै थियोे भने प्रहरी थप अनुसन्धान गरि रहेको थापाले बताए ।

दुई वटै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेपनि बस चालक फरार रहेको प्रहरीले बताएको छ । त्यसैगरी बिहिवार नै साझ सात बजे झुलनिपुर बाट सशस्त्र प्रहरी बिअोपी गुठी परसौनीले चेकजाँचको क्रममा एक महिला र पुरुषलाई केही लागू अौषध सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बेलाटारी प्रहरीले बताएको छ । पक्राउ परेका दुबै जना चितवन भरतपुर रहेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १८ माघ २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्