रोजगारीको लागि साउदी गएकी युवतीले दूताबासमै छोरा पाइन्


 


काठमाडौ । साउदी अरबको रियादस्थित नेपाली दूताबासको अस्थायी सेल्टरमा एक महिनादेखि बस्दै आएकी नेपाली युवतीले मंगलबार छोरा जन्माएकी छन्।

राजदूत महेन्द्रसिंह राजपुतका अनुसार दुई दिनअघि मात्रै दूताबासले उद्धार प्रक्रियाका लागि उनलाई स्थानीय सरकारी कार्यालयमा लगिएको थियो। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

घरमै काम गर्न बसेको बंगाली ड्राइभरसँगको सम्बन्धबाट गर्भ रहन गएको ती युवतीले बताएकी छन्। आमा र बच्चाको अबस्था राम्रो रहेको राजदूत राजपुतले बताए।

प्रहरी केस भए दुबै जनालाई जेलमा राखेर मात्रै स्वदेश पठाउने व्यवस्था छ।

‘तुरुन्तै स्वदेश पठाउन गाह्रो छ, उद्धार प्रक्रिया जटिल र लामो छ,’ राजदूत राजपुतले भने, ‘प्रहरी केस भएन भने सेल्टरमै राख्ने हो।’

युवती भिजिट भिसामा गएको पाइएकाले प्रहरी केस हुँदा उनलाई १५ हजार रियाल जरिवाना हुन सक्ने बताइएको छ।

प्रकाशित मिति: १७ माघ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्