मधेसको समस्या छिट्टै समाधान हुन्छ–मन्त्री राई


 


काठमाडौ, मंसिर १५

सुचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले सीमाकङ्नको विषय राजनीतिक लचकताका साथ आपसी वार्ता र संवादबाट चाँडो टुङ्गोमा पुर्‍याउन सरकार तयार रहेको बताएका छन् । काठमाडौंमा फोनिजले गरेको सम्मान कार्यक्रममा मन्त्री राईले तराई–मधेस केन्द्रित दलका नेतासँग अनौपचारिक र औपचारिक छलफल चलिरहेकाले समस्याको राजनीतिक र विधिसम्मत समाधान खोजिने बताए ।

मन्त्री राईले संविधानको कार्यान्वयन गरी लोकतान्त्रिक परिवर्तनको उपलब्धि रक्षा नै मुख्य कार्यभार भएकाले यसमा सुधार गर्दै अपूरा पक्षका लागि संवैधानिक बाटाबाट समाधान गर्नुपर्ने बताए । उनले अघोषित नाकाबन्दीको कारण मुलुकको सञ्चारलगायतका क्षेत्र प्रभावित भएकाले यसको अन्त्यका लागि भारत सरकारलाई आग्रह गरिरहेको पनि दोहोर्‍याए ।

कार्यक्रममा मन्त्री राइले नयाँ सञ्चार नीतिको तर्जुमाका लागि कार्यदल र आमसञ्चार प्रतिष्ठान गठनका बिषयलाई पनि प्राथमिकतामा राखेको बताए । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन र सञ्चार संग्राहालयको स्थापनाका लागि पनि आफूले काम गरिरहेको बताए ।

कार्यक्रममा आदिवासी जनजाती पत्रकार महासंघले सञ्चार प्रविधिमन्त्री शेरधन राईलाई बधाई तथा सम्मान गरेको थियो ।

प्रकाशित मिति: १५ मंसिर २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्