कैलालीका दुई युवाले थाले भोक हड्ताल केसीको समर्थनमा


 


काठमाडौं । डा. गोविन्द केसीको समर्थनमा दुई युवा ७२ घन्टे भोक हड्तालमा बसेका छन् ।

कैलालीबाट आएका खेमबहादुर मगर र अर्जुनप्रसाद कोइरालाले बुधबार साँझबाट रत्नपार्क शान्तिबाटिकामा भोक हड्ताल थालेका हुन् ।

‘म अर्को डा. केसी’ शीर्षकमा प्ले कार्ड राखेका उनीहरुले डा. केसीको समर्थनमा यो पहिलो चरणको भोक हड्ताल भएको बताएका छन् । २७ घन्टाभित्र वार्ता समिति बनाउनुपर्ने र डा. केसीका अरु माग सम्बोधनको प्रक्रिया थाल्नुपर्ने दुबैको माग छ ।

नभए यो भन्दा कडा कार्यक्रम ल्याउन बाध्य हुने भोक हड्तालमा बसेका दुई युवाले बताएका छन् ।

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्