पत्नी माइतबाट फर्किन १० मिनेट ढिला हुँदा पतिले दिए डिभोर्स !


 


भारतको उत्तर प्रदेशस्थित एक गाउँमा माइतबाट १० मिनेट ढिला फर्किएको बहानामा पतिले पत्नीलाई डिभोर्स दिएका छन् ।

उत्तर प्रदेशको अलीपुर निवासी अफरोजले पत्नी शंबुल बेगमलाई १० मिनेट ढिला फर्किएको निहुँमा डिभोर्स दिएका हुन् ।

शंबुल बिरामी हजुरआमालाई भेट्न माइत गएकी थिइन् ।

शुरूमा माइत नै नजान दबाब दिएका अफरोजले आधा घण्टाको समय दिएका थिए । पत्नी माइतबाट फर्किँदा ४० मिनेट बितेको थियो ।

३० मिनेटको समय गुज्रिएपछि अफरोजले फोनमा नै सम्बन्धबिच्छेदको निर्णय सुनाएका थिए ।

यद्यपि शंबुलले भने दाहिजो नदिएको निहुँमा आफूलाई डिभोर्स दिएको आरोप लगाएकी छन् । यो घटना पुलिसम्म पनि पुगेको छ ।

एजेन्सी

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्