‘नेपालका चिकित्सकले बिरामी हेर्दैनन्, हड्ताल गर्छन्’


 


काठमाडौं माघ १६
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन बन्द हड्ताल डाक्टरहरुले मात्रै गर्न मिल्ने बताएका छन् । धुर्मुस–सुन्तली फाउन्डेसनले बनाउन लागेको नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममा चिकित्सकहरुले गरिरहेको आन्दोलन प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन ।

नेपालमा लोकतन्त्र खुम्चिन दिइने छैन । उनले, हड्ताल मजदुरले गर्ने नभएर डाक्टरहरुले गर्ने भएको बताए । ’डाक्टरको काम अन्य देशमा बिरामी हेर्ने हुन्छ तर, नेपालमा फरक छ’, उनले भने । प्रधानमन्त्री ओलीले नेपालका डाक्टरले बिरामी हेर्न नमिल्ने बताए ।

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्