भ्रष्टाचार अन्त्यका लागि लोभ त्याग्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह


 


काठमाडाैँ माघ १६ प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार अन्त्यका लागि लोभ त्याग्न सबैमा अाग्रह गरेका छन । शहीद दिवसको अवसरमा बुधबार सहिद स्मारक लैनचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको जरिकिलो अोखल्नका लागि लोभ त्याग्नुको विकल्प नभएको भन्दै सरकारको भ्रष्टाचार अन्त्यको अभियानमा साथ दिन अपिल गरे ।

प्रधानमन्त्रीले शहीदहरुले आफ्नो जीवन नै आहुती दिएको प्रसंग उल्लेख गर्दै सबैजना लोभ त्याग्न तयार हुनुपर्ने बताए । प्रधानमन्त्रीले सबैलाई साथमा लिएर लोकतन्त्र रक्षा गर्न र विकास गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए। प्रधानमन्त्री ओलीले सबै मिलेर देश बनाउन आह्वान गरे ।

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्