२ वर्षभित्र बनिसक्ने रंगशालामा पहिलो खेल भारत- पाकिस्तानबीच खेलाउनेः मेयर दाहाल


 


काठमाडौं, धुर्मुस सुन्तली फाउन्डेसनले आगामी दुई वर्षभित्र बनाइसक्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल भारत-पाकिस्तानबीच हुने भएको छ।

रंगशाला घोषणा कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आगामी दुई वर्षपछि बनिसक्ने यो रंगशालाको उद्घाटन खेल भारत र पाकिस्तानबीच हुने गरी तयारीसमेत गरिएको जानकारी गराइन्। यसका लागि उनले आवश्यक पहलसमेत थालेको उनले बताइन्।

२० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा बन्न लागेको रंगशालामा २ वर्ष भित्रमा बनाइसक्ने भएको छ। जसको लागत ३ अर्ब लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्