तरुण दल उर्लाबारीको सभापतिमा कार्की


 


उर्लाबारी, माघ १६

नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल उर्लाबारीको नगर सभापतिमा रोहित कार्की सर्बसम्मत चयन हुनुभएको छ । उर्लाबारी – ७ मा आज भएको तरुणहरुको भेलाले कार्कीलाई उर्लाबारी तरुण दलको सभापतिमा चुनेको हो ।

समितिको उपसभापतिमा सुमन कार्की, सुब्रत अधिकारी, उमेस धिमाल, हडेन्द्र थापा रहनुभएको छ । भेलाले सचिबमा राजन रायमाझी, सहसचिवमा भिम घिमिरे र कोषाध्यक्षमा मिना ढकाललाई चयन गरेको छ ।

सदस्यहरुमा तिलबिक्रम चिमरिया, नवीन थापा ,गितादेबि अधिकारी ,सन्जय भण्डारी ,दिबस गहतराज, कमल गुरुङ, अमुल्य राई ,आवास रिजाल, नवीन दाहाल, पार्बती थापा ,रबि लिम्बू, अमृत लिम्बू, कृष्ण लिम्बू, शक्ति लिम्बू लगायत रहनु भएको छ । कार्यक्रम क्षेत्रिय सभापति खडग फागोको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्