सरकारको एक निर्णयले मौलिक एजेण्डा विहीन बन्यो कांग्रेस


 


काठमाडौं । सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा राखिएका दुई अस्पताललाई केन्द्र मातहत राख्ने निर्णय गरेपछि सदन र सडकमा आन्दोलन गरिरहेको कांग्रेस एजेण्डाविहीन बनेको छ । जिपी कोइराला र सुशील कोइरालाका नाममा राखिएका तनहुँ र बाँकेका दुई अस्पताल केन्द्र सरकार माहतहत राख्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । यही दुई अस्पताललाई लिएर नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्टियसभा अबरुद्ध पार्दै आएको थियो ।

कांग्रेसका यी माग पुरा भएपछि सडक र सदनमा आन्दोलन गर्ने अर्काे एजेण्डा छैन । डा. गोविन्द केसीका मागमा समर्थन जनाएर सरकारबिरुद्ध आन्दोलन गर्ने एउटा कसी बाँकी रहेपनि त्यो कांग्रेसको आफ्नै मौलिक एजेण्डा होइन । निर्मला हत्या प्रकरणको एजेण्डा साझा पार्टीले आफ्नो एजेण्डा बनाइसकेको छ भने वाइडबडी प्रकरणमा कांग्रेस आफै मौन छ ।

डा. गोविन्द केसीका सवै मागमा कांग्रेस पनि सन्तुष्ट छैन । कांग्रेसका केही नेताहरु सवै माग पुरा गुर्नपर्छ भन्दै सार्वजनिक अभिब्यक्ति दिने गरेपनि मूल नेतृत्व सवै मागमा सहमत हुन सकेको छैन । केहीका मागमा समर्थन गरेपनि बोकि हाल्न कांग्रेसभित्र सकस नै छ ।

सदन र सडकमा उठाउँदै आएका मागहरु पुरा गरेपछि कांग्रेसका मौलिक माग सकिएका छन् । तरपनि कांग्रेसले आन्दोलनमै रहने बताएको छ । दुई नेताका नाममा रहेका अस्पताललाई केन्द्र सरकार मातहतमा ल्याउँदैमा आन्दोलन रोकिदैन, कांग्रेस नेता विमलेन्द्र निधिले भने अन्य मागहरु बाँकी नै छ । उता सरकार भने प्रतिपक्षका मागहरु पुरा भएकोले संसद सुचारु हुने आँकलन गरिरहेको छ । संसद सुचारु गर्न नदिए बहुमतका आधारमा सञ्चालन गर्ने तरखरमा रहेको छ ।

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्