एकता प्रक्रियाबाट कमल थापा आउट, राणा र लोहनी नेतृत्वको राप्रपाबीच पर्सि एकता


 


काठमाडौं, माघ १६ पशुपतिशमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा रास्ट्रबादी पार्टीबीच पर्सि पार्टी एकता हुनेभएको छ । लामो गृहकार्यपछि कमल थापालाई बाइपास गर्दै राणा र लोहनी पार्टी एकताको अन्तिम निर्णयमा पुगेका हुन ।

राप्रपा प्रजातान्त्रिकका सहप्रवक्ता किरण गिरीका अनुसार माघ १८ गते शुक्रवार १ बजे पार्टी एकताको घोषणा गर्ने कार्यक्रम रहेको छ । दुबै पार्टीबीच चुनाव चिन्ह हलो राख्ने ,राणा र लोहनी दुबै जना पार्टी अध्यक्ष रहने, संगठन संरचना, सैद्धान्तिक नीति संबन्धमा सहमती भइसकेको जानकारी समेत सहायक प्रबक्ता गिरीले जानकारी दिए ।

एकतापछि नेपाल को संबिधान २०७२ र संघीय लोकतान्त्रिक गणतन्त्रप्रती प्रतिबध्द रहन दुबै पार्टी सहमत भएका छ्न । संबर्धनबादी उदारबादको अबधारणाभित्र निरन्तरतासहितको सकारात्मक परिबर्तनलाई एकीकृत राप्रपा ले मुल नितिको रुपमा अगाडि सारेको छ । यस्तै नेपाललाई हिन्दुरास्ट्र कायम राख्न दुबै दल सहमत देखिएका छन ।

सो एकता समारोहमा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणा र राप्रपा रास्ट्रबादीका अध्यक्ष लोहनीले शंबोधन गर्ने कार्यक्रमसमेत तय भएको छ ।

सो एकताप्रती असहमति जनाउदै राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष दिपक बोहरा र केशरबहादुर बिस्टसहित झण्डै ३ दर्जन केन्द्रीय पदाधिकारी एबं सदस्यहरु राप्रपा प्रजातान्त्रिक परित्याग गरी कमल थापा नेतृत्वको राप्रपामा प्रबेश गर्ने तयारी गरेका छन ।

राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष बिष्णु भट्टराईका अनुसार राणाले गलत काम गरेकोले उनीहरु थापा नेतृत्वको राप्रपामाप्रवेश गर्ने तयारी गरेका हुन ।

गत बिहीवार निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रसँगको डिनर बैठकमा थापालाई एकतामा नल्याउने सहमति भएको थियो । पूर्वराजाकै योजनाअनुसार राणा र लोहनीले आफ्नै पदाधिकारीलाई समेत छल्दै एकताको निर्णय लिएका हुन ।

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्