प्रदेश सरकारले विकासलाई जोड दिएको छ : मुख्यमन्त्री राई


 


भोजपुर, माघ १६

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसँगै भोजपुर जिल्लाका मुख्य समस्या समाधनका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ ।

भोजपुरको गोगनेमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले जिल्लाका मुख्य र महत्वपूर्ण सडकलाई क्रमशः स्तरोन्नति गर्दै लाने र कालोपत्रको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रदेशसँगै जिल्लाका मुख्य समस्याको समाधानका लागि प्रदेश सरकारले योजनाबद्ध ढङ्गले काम अगाडि बढाएकाले जनताले छिटै विकासको अनुुुभूति गर्न पाउनेछन् ।’’

मुख्यमन्त्री राईले भन्नुभयो, ‘‘जिल्लाका मुख्य सडक विस्तारको जिम्मा प्रदेश सरकारले लिन्छ र कतिपय ठाउँमा काम थालनी भई भइसकेको छ । सबै सडकलाई १२ महीना चल्ने बनाउनुपर्छ भन्नेमा मेरो ध्यान गएको छ ।’’ कोटको दिप्सा, गोगने हुँदै पाँचधारे जाने सडकलाई बहुवर्षे सडकमा राखेर प्रदेश सरकारका तर्फबाट रु सवा एक करोड बजेट विनियोजन गरेको समेत उहाँले जानकारी दिनुभयो ।

गुम्बादेखि गोगने हुँदै लेखर्क जोड्ने सडकलाई आगामी वर्ष राम्रो अङ्कमा बजेट विनियोजन गर्ने, टेम्के पाँचधारे, तावा भञ्याङ र आसपासका क्षेत्रलाई आकर्षक पर्यटन केन्द्रका रुपमा विकास गर्ने मुख्यमन्त्री राईले बताउनुभयो । सदरमुकामदेखि विमानस्थलसम्मको सडक र जिल्लामा अन्तर्राष्ट्रियस्तरको रङ्गाशालाको चाँडै शिलान्यास गरिनेछ उहाँले भन्नुभयो । रासस

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्