कस्तो छ पारस शाहको स्वास्थ्य अवस्था ?


 


काठमाडौँ, १६ माघ
हृदयाघातका कारण अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ ।

शाहको बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्ट सकिएसँगै उहाँको अवस्थामा सामान्य सुधार आउन थालेको नर्भिक इन्टरनेशनल अस्पतालका डेपुटी जनरल म्यानेजर रामप्रसाद मैनालीले जानकारी दिनुभयो ।

शाहको उपचारमा प्रा डा यादव देव भट्टको नेतृत्वमा डा जेपी अग्रवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठलगायतको टोली खटिइएको अस्पतालले जनाएको छ । एक्कासि छाती दुखेपछि पूर्वयुवराज शाह सोमबार अपराह्न अस्पताल भर्ना भएका थिए ।

प्रकाशित मिति: १६ माघ २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्