बाबुराम भट्टराई ढोल बजाउँदै निस्किए ?


 


काठमाडौं पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले एक महिने जनसंवाद यात्र सुरु गरेका छन्। मध्यपहाडी लोकमार्गको उद्गमथलो नेपाल भारतको सिमाक्षेत्र चिवाभञ्ज्याङबाट यात्राको सुरु गरेका हुन्।

मंगलबार चिवाभञ्ज्याङदेखि सुरु भएको यात्रा फागुन १५ गते बैतडिको झुलाघाटमा पुगेर टुंगिने बताइएको छ। ‘मध्यपहाडी लोकमार्गका विभिन्न ठाँउमा कार्यक्रम गर्दै यात्रालाई अघि बढाउने छौँ,’ भट्टराइले भने

टोलीमा भट्टराइकी श्रीमती तथा पूर्व मन्त्री हिसिला यमि, नयाँ शक्ति पार्टीका राजनीतिक संवाद समितिका संयोजक नवराज सुवेदी, हेडक्वाटर सदस्य प्रसान्त लिम्बू लगायतका नेताहरु सहभागि छन्। टोलीले एक महिनाको यात्रामा एक हजार सात सय ७६ किलोमिटर लम्बाई भएको मध्यपहाडी लोगमार्ग हुँदै झुलाघाट पुग्ने कार्यतालिका रहेको र देशको समृद्धिका लागि यात्रा सुरु गरिएको बताईएको छ ।

‘दुर्गमका मानिसहरुको सामाजिक, आर्थिक, राजनीतिक अवस्था र भावनालाई बुझ्नका लागि यात्रा सुरु गरिएको हो,’ भट्टराईले भने,‘यो यात्राले ग्रामिण क्षेत्रको विकासको स्थितिको बारेमा बुझ्न सहयोग पुग्नेछ।’ विभिन्न स्थानमा स्थानीयसँग गरिएको संवादलाई समेटेर विकासको नयाँ मोडल तयार गरिने भट्टराईले बताएको अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रकाशित मिति: १५ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्