अमेरिकी दबाबकाबीच नेपालले भन्यो ‘भनेजुयलाको विवाद बाह्य हस्तक्षेपविना समाधान हुनुपर्छ’


 


काठमाडाैँ । नेपालले अमेरिकी दबाबकाबीच भनेजुयलामा देखिएको राजनीतिक समस्याको समाधान बाह्य हस्तक्षेपविना समाधान हुनुपर्ने भन्ने अाफ्नो धारणा राखेको छ । मंगलबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत कुनै पनि देशको आन्तरिक राजनीतिक समस्या त्यही देशको संवैधानिक प्रावधान अनुसार प्रजातान्त्रिक माध्यम र बाह्य हस्तक्षेप विना समाधान हुनुपर्ने उल्लेख गरेको छ ।

मन्त्रालयले भेनेजुयलामा भएको राजनीतिक घटनाक्रमका विषयमा निर्णय गर्ने जिम्मा भेनेजुयलाको नागरिककै भएको जनाएको छ । केही दिनअघि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुयलामाथि अमेरिकाले हस्तक्षेप गरेको भन्दै चर्को विरोध जनाएका थिए । त्यसपछि अमेरिकाले भेनेजुयलाको विषयमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेको थियो ।

प्रकाशित मिति: १५ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्