बिहानै गयाे पराकम्प


 


काठमाडाैं, मंसिर १४

सोमबार बिहानै राजधानी बासीलाई भूकम्पले धक्का दिएको छ । बिहान ६ बजेर १० मीनेट जाँदा ४.१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज परिसरमा केन्द्र विन्दु बनाएर गएको पराकम्पलाई राजधानीबासीले महसुस गरेका थिए । गत वैशाख १२ गते गएको भूकम्पका पराकम्पन अझै गइरहेका छन् ।

यसअघि शुक्रबार काभ्रेलाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो । वैशाख १२ गते पछि अहिले सम्म ४ रेक्टर स्केल भन्दा माथिका चारसय १४ वटा पराकम्पन गइसकेको मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: १४ मंसिर २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्