२० वर्षपछि श्रमिकको पेन्सन २० हजार : मन्त्री विष्ट


 


काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले नेपाली श्रमिकको पारिश्रमिक बृद्धिले वैदेशिक रोजगार माथिको चाप घट्ने बताएका छन् । अहिले १३ हजार रुपैयाँ पारिश्रमिक पाउने श्रमिकले २० बर्षपछि मासिक २० हजार रुपैयाँ पेन्सन पाउने मन्त्री विष्टको दाबी छ ।

सामाजिक सुरक्षा कार्यक्रममा सहभागी रोजगारदातालाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री बिष्टले सरकारले राम्रो कार्यक्रम ल्याएपनि प्रचार प्रसार हुन नसक्दा रोजगारदाता तथा श्रमिक दुवैलाई बुझाउन नसकिएको बताए ।

मंसिर ११ गते प्रधानमन्त्रीले उद्घाटन गरेको सामाजिक सुरक्षा कार्यक्रममा प्रदेश नम्बर ३ बाट मात्रै ६०० बढी कम्पनीले सहभागीताको लागि आवेदन दिएका छन् । यसमध्ये एक सय ७२ वटा कम्पनीलाई सामाजिक सुरक्षा कार्यक्रममा सहभागी भएको प्रमाणपत्र दिइएको छ ।

सामाजिक सुरक्षा कार्यक्रममा सहभागीता जनाउनेमा नेपालका ठूला व्यावसायिक घरानादेखि विभिन्न साना ठूला कम्पनीहरु रहेका छन् । मन्त्री बिष्टले साना ठूला उद्योग सामाजिक सुरक्षा कार्यक्रममा सहभागी भएकोले आगामी दिनमा यस कार्यक्रममा थप उद्यमीहरुको सहभागिता हुनेमा आशावादी रहेकोे बताए ।

प्रकाशित मिति: १५ माघ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्