भोजपुर क्याम्पसकाे स्वर्ण महोत्सबको तयारी तिब्र


 


12324971_10206999052388140_921837948_nसुदीप अधिकारी

काठमाडाैं, मंसिर १३

भोजपुर बहुमुखी क्याम्पसले आफ्नो स्वर्ण महोत्सबको तयारीलाई तिब्र पारेको छ । यही बर्ष भोजपुर बहुमुखी क्याम्पस स्थापनाको ५० बर्ष पुग्न लागेकोले स्वर्ण महोत्सबलाई भब्य भव्य बनाउन क्याम्पस प्रशासनले शनिबार काठमाडौमा एक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेकाे छ।

क्याम्पसमा अध्ययन गरी हाल राष्ट्रिय जीवनका बिभिन्न बिधामा सेवारत मन्त्री, उच्च प्रशासक, उच्च प्रहरी पदाधिकारी, प्राध्यापक, डाक्टर, वकिल, इन्जिनियर, लेखक, साहित्यकार लगायत भोजपुरलाई माया गर्नेहरूकाे  कार्यक्रममा उपस्थिती रहेको थियाे । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी सूचना तथा संचार प्रबिधी मन्त्री शेरधन राई थिए । क्याम्पस प्रमुख हेमन्त राईको सभापतित्वमा संचालित कार्यक्रममा बिभिन्न बिध्वान बक्ताहरुले आ-आफ्ना सुझाबहरु पेश गरेका थिए।

12309351_10206999048268037_1642731218_nनेपाल सरकारका पूर्व अर्थमन्त्री शंकर कोइरालाले भोजपुर माइती घर भएकी हालको देशकै प्रथम महिला राष्ट्रध्यक्ष बिद्यादेबी भण्डारीलाई रजत महोत्सबमा प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्न सुझाब पेश गरेका थिए । मन्त्री शेरधन राईले क्याम्पसको स्वर्ण महोत्सबलाई टेकेर सम्पूर्ण जिल्लाकै योजनाबद्ध बिकासमा अघि बढीने प्रतिबद्धता जाहेर गरे । भेलाले पूर्व अर्थमन्त्री शंकर कोइरालाको अध्यक्षतामा भोजपुर क्याम्पस स्वर्ण समारोह समिती पनि गठन गरेको छ।

कार्यक्रममा क्याम्पस प्रमुख हेमन्त राईले समारोह अनुमानित बजेट प्रस्तुत गरेका थिए भने आर्थिक सहयोगको अपिल गरेका थिए ।भोजपुर क्याम्पसको स्थापना २०२२ साल जेष्ठ २९ मा भोजपुर महाबिद्यालयको नामबाट भएको थियो।

12309374_10206999047788025_1986903164_n

प्रकाशित मिति: १३ मंसिर २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्