चुनावी घोषणापत्रमा उल्लेख भएका सवै बाचा पाँच बर्षभित्रै पूरा हुन्छ : उपप्रम पोखरेल
पोखरा, माघ १५
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले चुनावी घोषणापत्रमा उल्लेख गरिएका सवै बाचाहरु पाँच बर्षभित्रै सरकारले पूरा गर्ने उदघोष गर्नुभएको छ ।
नेकपाकासचिवालय सदस्यसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले नेकपा गण्डकी प्रदेशले आयोजना गरेको अगुवा कार्याकर्ता भेलामा सो अठोट गर्नुभएको हो ।
‘पार्टीले घोषणापत्रमा उल्लेख गरेका सबै प्रतिबद्धता पाँच बर्षभित्र पूरा हुनेछ, हामी हाम्रो बाचाबाट पछाडि हटदैनौं,’ पोखरेलले भन्नुभयो ।
उहाँले देश, जनता, राष्ट्रको आवश्यकता र राष्ट्रको समृद्धिका लागि पार्टी एकता भएको पनि प्रष्ट पार्नुभयो । भेलामा पोखरेलले कम्युनिस्ट पार्टी मजबुत बनाउन पहिलो कुरा बिचारमा स्पष्टता, दोस्रो कुरा संगठनात्मक संरचना र तेस्रो कुरा नेतृत्वको कुशलता हुँदा पार्टीभित्र समस्या नहुने बताउनुभयो।
उहाँले बृद्धा भत्ताका पनि अनेकौं रुप हुने भन्दै स्वास्थ्य बिमा एक लाख लिन सकिने बताउनु भयो । ‘सरकारले जनता र राष्ट्रका पक्षमा धेरै काम गरेको छ त्यसलाइ हामी जनता सम्म पुराउन सकेका छैनौं,’ पोखरेलको भनई थियो ।
प्रकाशित मिति: १५ माघ २०७५, मंगलबार