टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु, स्थानीयद्वारा ६ वटा टिपरमा आगजनी


 


मोरङ : मोरङमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैचा-९ मा टिपरको ठक्करबाट ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको हो ।

घटनापछि आक्रोसित स्थानीयहरुले ६ वटा टिपरमा आगजनी गरेका छन् । टिपरमा लागेको आगो नियन्त्रणमा लिन दमकल घटनास्थलमा पुगेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्