गर्भवती महिलालाई जबरजस्ती करणी गर्न खोज्ने पक्राउ


 


डोटी, माघ १३

डोटीको पूर्विचौकी गाउँपालिका बस्ने एउटी गर्भवती महिलालाई जबरजस्ती करणीको प्रयास गर्ने युवक पक्राउ परेका छन् । पीडित महिला आफन्तको घरमा सामान पुर्‍याएर घर फर्कने क्रममा बाटोमा जबरजस्ती करणीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

महिलाको स्वास्थ्य जाँच गर्दा गर्भको बच्चा सकुशल रहेको जिल्ला स्वास्थ्यलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।जबरजस्ती करणीको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

गर्भवती महिलालाई करणी प्रयास गर्नेमाथि जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दा आइतबार नै दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले पीडकको नाम भने गोप्य राखेको छ ।

प्रकाशित मिति: १३ माघ २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्